खेल


ओलम्पियन नयना दम्पतीलाई कोरोना

ओलम्पियन नयना दम्पतीलाई कोरोना

नेपालखबर
भदौ ३०, २०७७ मंगलबार १६:३,

ओलम्पियन एवं पूर्वपौडी खेलाडी नयना शाक्य कोरोना भाइरसबाट संक्रमित भएकी छन्। शाक्यसँगै उनका श्रीमान् पूर्व बास्केटबल खेलाडी विकास शाही र छोरा इभान पनि कोरोना भाइरसबाट संक्रमित भएका छन्।

ओलम्पियन शाक्यले तीनै जना कोरोनाबाट संक्रमित भएको आज सार्वजनिक सञ्जालमार्फत जानकारी गराएकी हुन्। पहिलो पटक परीक्षण गराउँदा नतिजा नेगेटिभ आएको र दोस्रो पटक परीक्षण गराउँदा पोजेटिभ आएको शाक्यले बताइन्। घर छेउको पसलका सञ्चालकमा कोरोना देखिएपछि आफूहरुले पीसीआर परीक्षण गराएको शाक्यले बताइन्।

पहिलो पटक कोरोना नदेखिए पनि पछि आफू, श्रीमान् र छोरामा लक्षण देखापरेपछि पुनः परीक्षण गराउँदा तीनै जना कोरोना भाइरसबाट संक्रमित भएको पाइएको ओलम्पियन शाक्यले जानकारी दिइन्। तीनै जना घरमै आइसोलेसनमा बसिरहेका छन्। सावधानी अपनाउन र सुरक्षित साथ बस्न उनले सबैमा आग्रह गरेकी छन्। शाक्यले आठौं दक्षिण एशियाली खेलकुद (साग) मा पौडीमा स्वर्ण पदक जितेकी थिइन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad