सिरियाको उत्तरपूर्वी प्रान्त हसाकामा मङ्गलबार संयुक्त राज्य अमेरिकाको एउटा हेलिकप्टर दुर्घटनाग्रस्त भएको सिरियाली राज्य सञ्चालित समाचार संस्था सानाले जनाएको छ।
उक्त हेलिकप्टर हसाकाको उत्तरपूर्वी गाउँको ताल हदाद क्षेत्रमा दुर्घटनाग्रस्त भएको जनाइएको छ।
दुर्घटनाग्रस्त विमानलाई सेनाहरूले घेरा हालेकोले थप जानकारी प्राप्त भइनसकेको सानाले जनाएको छ ।
हेलिकोप्टरमा चालक दलका सदस्यबाहेक अन्य यात्रु भएन/भएको पनि समाचार तयार पार्दासम्म जानकारी दिइएको छैन।
सिरियामा कुर्दको नेतृत्वमा रहेको सिरियाली प्रजातान्त्रिक बल (एसडीएफ) द्वारा नियन्त्रित हसाका प्रान्तलगायतका क्षेत्रहरूमा अमेरिकी नेतृत्वमा कैयौँ सैन्य शिविरहरू छन्। रासस/सिन्ह्वा

प्रतिक्रिया