कारोबार


मेची नदीमा पुल बनेसँगै चार लेनको एसियाली हाईवेसँग नेपालको पहुँच

मेची नदीमा पुल बनेसँगै चार लेनको एसियाली हाईवेसँग नेपालको पहुँच

नेपालखबर
भदौ २९, २०७७ सोमबार १०:४१,

चार लेनको एसियन हाईवेसँग नेपालको पनि पहुँच पुगेको छ। झापाको मेची नदीमा नेपाल–भारत जोड्ने ४ लेनको पुल बनेसँगै ए क्लासको हाइवेसँग नेपालको पहुँच पुगेको हो।

एडीबीको सहयोगमा बनेको पुलको लम्बाइ ७९० मिटर रहेको छ। नेपालको पूर्व–पश्चिम राजमार्ग ‘एसियन हाइवे रुट २’ नाम रहेको छ।

एसियन हाइवे बैंककबाट सुरु भएर बर्मा, बंगलादेश, भारत र नेपाल जोडिन्छ। काँकडभिट्टाबाट सुरु भएर बनबासाबाट फेरि भारत हुँदै पाकिस्तान निस्किन्छ।

मेची पुल बनेसँगै डेढ किलोमिटर एसियन हाइवे एप्रोच सडक समेत निर्माण भएको सडक डिभिजन कार्यालयका महानिर्देशक इन्जिनियर केशव कुमार शर्माले जानकारी दिए।

उनले नेपालअन्तर्गतको एसियन हाईवे पनि चार लेनमा विस्तार हुन सुरु भएको बताए।

The Union Road Transport Minister held a meeting with the Myanmar Minister  for Transport in New Delhi today to discuss the status of the project for  upgradation of the Kalewa-Yagyi stretch of

‘नेपालको पूर्व–पश्चिम राजमार्ग ४ लेनकै बन्छ। नारायणगढ–बुटवल खण्डमा काम सुरु भइसकेको छ’, शर्माले नेपालखबरसँग भने, ‘नारायणघाटदेखि हेटौंडा–पथलैया–कमला हुँदै काँकडभिट्टसम्म कन्सल्ट्यान्ट नियुक्त हुने प्रक्रियामा रहेको छ।’

नेपालको पूर्व–पश्चिम राजमार्ग अहिले पनि एसियन हाइवेअन्तर्गत नै पर्ने उनले बताए। ‘एसियन हाइवे २ लेनका पनि छन्। चार लेनको बनेपछि हाइवे क्लास ‘ए’मा हुन्छ। अहिले सी क्लासमा रहेको छ’, शर्माले भने।

एसियाली विकास बैंकको सहयोगमा बनेको मेची पुल भारतको दिनेश चन्द्र आर अग्रवाल कन्स्ट्रक्सन प्रालिले ३६ महिनाको अवधिमा सम्पन्न गर्ने गरी सन् २०१८ को फेबु्रअरीदेखि निर्माणको काम प्रारम्भ गरेको थियो।

उक्त पुल निर्माणको लागि एडीबीको एक अर्ब तीन करोड ७८ लाख भारतीय रुपैयाँ खर्च भएको बताइएको छ। पुल निर्माण भएसँगै आयातनिर्यातको लागि सहज हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad