ad ad

कारोबार


राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहुलियत कर्जामा सहकार्य गर्ने सम्झौता

राष्ट्रिय वाणिज्य बैंक र कमलामाई नगरपालिकाबीच सहुलियत कर्जामा सहकार्य गर्ने सम्झौता

नेपालखबर
भदौ २८, २०७७ आइतबार ८:५१,

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र कमलामाई नगरपालिका (सिन्धुली) बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा आइतबार सम्झौता भएको छ।

सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र कमलामाई नगरपालिकाका नगर प्रमुख खड्गबहादुर खत्रीले हस्ताक्षर गरेका छन्।

सम्झौतापछि नगरलालिकाले नगर क्षेत्रभित्र उद्यम तथा व्यवसाय गर्न चाहने व्यक्तिलाई परामर्श र उद्यमशीलतासम्बन्धी आवश्यक तालिमको व्यवस्थापन गर्ने गरी तालिम प्राप्त व्यक्तिलाई कर्जाको लागि बैंकमा सिफारिस गर्ने छ र सोहीे उद्यमीहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जाअन्तर्गत कर्जा लगानी गर्नेछ।

समारोहमा बैंंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता बैंकले आफ्नो कुल कर्जाको एक प्रतिशत बराबर रकम सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने लक्ष्य लिएको र यस्तो कर्जाले देशलाई उत्पादनसँग जोड्न सघाउ पुर्याउने बताए।

नगर प्रमुख खड्गबहादुर खत्रीले नगरपालिकाले लिएको उत्पादन र रोजगारीसँग सम्बन्धित लक्ष्य प्राप्त गर्नको लागि यस्तो सहुलियतपूर्ण कर्जाबाट सहयोग पुग्ने बताए।

उक्त कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बैंकले राज्यले अवलम्बन गरेको नीतिलाई सहयोग पुग्ने गरी विभिन्न नौवटा शीर्षकमा सहुलियतपूर्ण कर्जा प्रवाह गरिरहेको बताए।

कार्यक्रम कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम सञ्चालन गरेकी थिइन्। उक्त अवसरमा राष्ट्रिय वाणिज्य बैंकका वाग्मती प्रादेशिक कार्यालयकी प्रबन्धक सोनी श्रेष्ठ, कम्पनी सचिव भोलानाथ पौडेल, राजन घिमिरे, प्रकाश राई, नगरपालिकाका कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .