ad ad

कारोबार


घट्दै कोरोना परीक्षणको शुल्कः, अब १९ सय ९९ मै पीसीआर जाँच

घट्दै कोरोना परीक्षणको शुल्कः, अब १९ सय ९९ मै पीसीआर जाँच

नेपालखबर
भदौ २८, २०७७ आइतबार ८:५०,

नीजि क्षेत्रको एक ल्याबले कोरोना परीक्षणलाई थप सस्तो बनाएको छ।

ललितपुरको कुपन्डोलस्थित विध ल्याबले अब १९ सय ९९ रुपैयाँमै पीसीआर परीक्षण गर्ने भएको छ।

ल्याबले आइतबारबाट प्रति नमूनाबाट १९ सय ९९ रुपैयाँमा परीक्षण गर्ने निर्णय गरेको ल्याबका निर्देशक भीमकान्त भण्डारीले बताए।

सरकारले प्रति पीसीआर परीक्षणको शुल्क ४ हजार ४ सय तोकेको छ। केही अस्पतालले यसअघि २५ सयमा प्रति नमूना परीक्षण गर्दै आएका थिए।

‘कोभिडका कारण देशको अर्थतन्त्र तहसनहस हुन थालेको छ। व्यापक परीक्षण गरी जोखिम नरहेका स्थानहरु खोल्दै जानुपर्ने हुन्छ,’ भण्डारीले भने, ‘पीसीआर परीक्षण सबैको पहुँचमा होस् र जनजीवन सामान्य हुँदै जाओस भन्ने उद्देश्यले हामीले शुल्क घटाएका हौं।’

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट मान्यताप्राप्त विध ल्याबले यसअघि चार हजारमा प्रति नमूना परीक्षण गर्दै आएको थियो।

त्यसअघि सरकारले ५ हजार ५ सय रुपैयाँ शुल्क तोकेको थियो भने आफ्नै ल्याव नभएका अस्पतालले स्वाब संकलन गरेको हकमा अतिरिक्त १० प्रतिशत लिन पाउने छुट समेत दिएको थियो।

त्यसमाथि केहि नीजि अस्पताल तथा ल्याबले पीसीआर परीक्षण गरेकाे ७५ सय रुपैयाँसम्म उठाएकाे सार्वजनिक भएपछि सरकारले उनीहरुलाई कारबाही गर्ने बताएकाे थियाे।

याे पनि: 
कोरोना परीक्षणमा मनपरी शुल्क : ५ सयदेखि ७५ सयसम्म उठाउँदै राजधानीका अस्पताल (सूची)

कोरोना भ्याक्सिनमा प्रगति: अक्सफोर्डले पुनः सुरु गर्‍यो स्थगित गरिएको परीक्षण

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .