ad ad

राजनीति


नारायणकाजीले सुरु गरे ‘कोभिड १९ स्वयं सेवा’, यसरी लिन सक्छन् संक्रमितले सहयोग

नारायणकाजीले सुरु गरे ‘कोभिड १९ स्वयं सेवा’, यसरी लिन सक्छन् संक्रमितले सहयोग

नेपालखबर
भदौ २८, २०७७ आइतबार ९:०,

सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड १९ स्वयं सेवा’ सुरु गरेको छ।

राष्ट्रियसभाका सांसद समेत रहेका श्रेष्ठको निजी सचिवालयले खासगरी गरिब, श्रमिक र असहाय समुदायका व्यक्तिहरूलाई यो महामारीको समयमा सहयोग पुर्याउन ‘कोभिड १९ स्वयं सेवा’ गठन गरेको जनाएको छ।

श्रेष्ठको फेशबुक पेजबाट दिइएको जानकारी अनुसार यो सेवा अन्तर्गत कोभिड उपचार सम्बन्धि प्रक्रिया र उद्धारमा सहजीकरण, समन्वय तथा सहयोग दिइने छ।

कोरोना नियन्त्रणका लागि सरकारले विभिन्न नीति, योजना, निर्णय र कदमहरू चाल्दै आएको उल्लेख गर्दै सचिवालयले भनेको छ, ‘सरकारले आफ्नो कामलाई अझ प्रभावकारी ढंगले अघि बढाउन ध्यान दिनुपर्ने आवश्यकता आफ्नो ठाउँमा छ तर सरकारको कामलाई सफल बनाउन र कोभिडको संक्रमणबाट समाजलाई बचाउन हामी सबैले आआफ्नो ठाउँबाट योगदान गर्न जरुरी छ।’

यस्तो छ श्रेष्ठको सचिवालयले जारी गरेको ‘कोभिड १९ स्वयं सेवा’निर्देशिका र सम्पर्क नम्बरहरू सत्तारुढ नेकपाका सचिवालय सदस्य तथा प्रवक्ता नारायणकाजी श्रेष्ठको सचिवालयले कोरोना संक्रमित समुदायलाई सहयोग गर्न ‘कोभिड १९ स्वयं सेवा’ सुरु गरेको छ। 

‘कोभिड १९ स्वयं सेवा’ अन्तर्गत मनोसामाजिक परामर्श, आपतकालीन स्वास्थ्य परामर्श, आप्रवासी श्रमिकको उद्धार तथा कोभिड १९ को सचेतना सम्बन्धि सेवा दिइने जनाइएको छ।

‘कोभिड १९ स्वयं सेवा’ अभियानमा अहिले नै २९ जना सदस्य रहेका छन्, जसलाई सिधै सम्पर्क गर्न सकिने गरी फोन नम्बर समेत उपलब्ध गराइएको छ।

यस्तो छ श्रेष्ठको सचिवालयले जारी गरेको ‘कोभिड १९ स्वयं सेवा’ कार्यादेश र सदस्यका सम्पर्क नम्बरहरू :

Covid NK1

Covid NK2

Covid NK3

Covid NK4

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .