ad ad

कारोबार


मेयरहरुले सीडीओसमक्ष कर्फ्यु माग गरेपछि व्यवसायीले पोखे आक्रोश

मेयरहरुले सीडीओसमक्ष कर्फ्यु माग गरेपछि व्यवसायीले पोखे आक्रोश

नेपालखबर
भदौ १७, २०७७ बुधबार १०:३५,

उपत्यका नगरपालिका मेयर फोरमले कर्फ्यु आदेश जारी गरी निषेधाज्ञालाई थप कडाइ गर्नुपर्ने सुझाव उपत्यकाका सीडीओहरुलाई दिएपछि व्यवसायीहरु आक्रोशित बनेका छन्। व्यवसायीहरुले मेयरहरुको सेवा सुविधा रोकेर कर्फ्यु आदेश गर्नुपर्ने बताएका हुन्।

कसमस सिमेन्टका कार्यकारी निर्देशक प्रबलजंग पाण्डेले आफ्नो फेसबुकमा स्टाटस लेख्दै भनेका छन्, ‘१५ दिन कर्फ्यु लगाउन सुझाव दिने नगरपालिका फोरमले अघिल्लो १४ दिनको सटडाउनमा कोभिड नियन्त्रणमा के गर्यो र १५ दिन कर्फ्यु लगाउँदा के गर्ने भनेर योजना जनतासमक्ष प्रस्तुत गरेको भए हुने थियो। दायित्व पूरा गर्न नपरेपछि जे बोले पनि भयो नि।’

byabasai prtest curfew

त्यस्तै उनको त्यो स्टाटसमा कमेन्ट गर्दै कम्प्युटर एसोसिएसन अफ नेपालका पूर्वअध्यक्ष विप्लवमान सिंहले भनेका छन्, ‘यिनीहरू पागल हुन्। यिनीहरूको तलबभत्ता पनि रोक्नुपर्छ। अनि थाहा हुन्छ लकडाउन के हो भनेर।’

केही बेरअघि मेयरहरु र सीडीओहरुबीच भएको भर्चुअल कुराकानीमा १५ दिनको लागि कर्फ्यु आदेश गरेर कोरोना संक्रमण नियन्त्रणमा दिनुपर्ने सुभाmव मेयरहरुले दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .