भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले मुग्लिङ–नारायणगढ सडक उपभोग दस्तुर निर्धारण गरेको छ। गत साउनको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार मन्त्रालयले दस्तुर तय गरेको हो।
मन्त्रालयले सवारीसाधनअनुसार सडक दस्तुर निर्धारण गरेको छ। मन्त्रालयले जारी गरेको सूचनाअनुसार उक्त सडक खण्ड प्रयोग गरेबापत बस, मिनिबस, ट्रक, मिनिट्रक र हेभी इक्विपमेन्टले एकपटकको लागि ५५ रूपैयाँ तिर्नुपर्छ।
त्यस्तै कार, जिप, पिकअप भ्यान र ट्रयाक्टरले २५ रूपैयाँ शुल्क तिर्नुपर्ने सूचनामा उल्लेख रहेको छ। मुग्लिन–नारायणगढ सडकको लम्बाइ मात्र ३६ किमि मात्रै रहेको छ।
प्रतिक्रिया