ad ad

अटो


बतास अर्गनाइजेसनलाई आइसरको दक्षिण एसियाको उत्कृष्ट डिलर अवार्ड

बतास अर्गनाइजेसनलाई आइसरको दक्षिण एसियाको उत्कृष्ट डिलर अवार्ड

नेपालखबर
भदौ १२, २०७७ शुक्रबार ६:३०,

बतास अर्गनाइजेसनअन्तर्गतको इष्टर्न एजेन्सी प्रालिले आइसरको दक्षिण एसियाको उत्कृष्ट डिलर अवार्ड पाएको छ।

भारतको भोल्भो आइसर कमर्सियल भेहिकल लिमिटेडले नेपालको प्रतिष्ठित व्यावसायिक घराना बतास अर्गनाइजेसनलाई उत्कृष्ट डिलरको अवार्ड प्रदान गरेको हो।

बिहीबार आयोजित भर्चुअल कार्यक्रममार्फत बतास अर्गनाइजेसनले दक्षिण एसियाको उत्कृष्ट डिलरसँगै ‘हेभी ड्युटी ट्रक सेल्स इन ओभरसिज’ शीर्षकमा अवार्ड पाएको हो।

कम्पनीले गत वर्ष हेभी ड्युटी ट्रक सेग्मेन्टमा सबैभन्दा बढी परिमाणमा बिक्री गर्न सफल भएवापत यो अवार्ड प्राप्त गरेको अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले बताए।

कार्यक्रममा बतास अर्गनाइजेसनका अध्यक्ष आनन्दराज बतासले इस्टर्न मोटर्समार्फत आइसरलाई नेपाली बजारमा स्थापित गर्न सहयोग गर्ने सबैलाई कृतज्ञता व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .