साताको पहिलो कारोबार दिन सेयरबजार दोहोरो अंकले ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार आज नेप्से १७.३३ अंकले र सेन्सिटिभ ४.९८ अंकले घटेको हो।
आज १ सय ८५ कम्पनीको ४३ लाख ७१ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा २१ हजार ६ सय ९ पटकको खरिदबिक्रीपछि बजारमा १ अर्ब २५ करोड ९३ लाख २० हजार ८ सय ५० रुपैयाँको सेयर कारोबार भएको नेप्सेले जनाएको छ।
कुल १२ समूहमध्ये आज व्यापार समूहको मात्रै कारोबार सूचक हरियो छ। बाँकी सबैको कारोबार सूचक घटेको छ। आज सेयरबजारमा नेपाल बैंक लिमिटेडको ८ करोड १४ लाखको सर्वाधिक कारोबार भएको छ भने नेपाल पुनर्बीमा कम्पनीको ७ करोड ७१ लाखको, नेपाल लाइफ इन्स्योरेनसको ७ करोड ४४ लाखको, एनएमबी बैंकको ६ करोड २१ लाखको र कुमारी बैंक लिमिटेडको ४ करोड ९५ लाखको सेयर कारोबार भएको छ।
आज कमाउने लगानीकर्ता साधना लघुवित्त वित्तीय संस्थाका छन्। कम्पनीको सेयर मूल्य ९.९२ प्रतिशतले बढेपछि लगानीकर्ताले प्रतिकित्ता ६३ रुपैयाँ आम्दानी गरेका छन्। त्यसपछि छ्याङ्दी हाइड्रोपावरका लगानीकर्ताले पनि प्रतिसेयर ९.६४ प्रतिशत कमाएका छन्। त्यस्तै सिनर्जी पावर डेभलपमेन्टका लगानीकर्ताले ८.२५ प्रतिशत, हिमाल दोलखा हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ५.७५ प्रतिशत कमाएका छन्।
त्यस्तै गुमाउने कम्पनीहरुको सेयर मूल्य आज सर्वाधिक ७.४१ प्रतिशतसम्म घटेको नेप्सेले जनाएको छ।
Shares

प्रतिक्रिया