लालीगुराँस सहकारी र तपाईं हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता भएको छ।
समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारीका ३५ र तपाईं हाम्रो सहकारीका ९० जनाको बचत फिर्ता गराएका हुन्।
समितिका अनुसार पहिलो चरणमा थोरै बचत रकम भएका बचतकर्ताहरूलाई रकम फिर्ता गरिएको हो।
यसरीनै क्रमशः बचतकर्ताको रकमका आधारमा वर्गीकरण गरेर रकम फिर्ता गरिने भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
30
Shares

प्रतिक्रिया