कामना सेवा विकास बैंक लि. र सिद्धार्थ बैंक लिमिटेडबीच विप्रेषणसम्बन्धी कारोबारको लागि एक अर्काको प्रतिनिधि भई सहकार्य गर्ने सम्झौता भएको छ।
कामना सेवाका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैकिङ प्रमुख सुवास भट्टराई तथा सिद्धार्थ बैंकका तर्फबाट विप्रेषण विभाग प्रमुख पंकज पन्तले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन्।
सम्झौतापछि ग्राहकहरुले अझै सहजरुपले विप्र्रेषणसम्बन्धी सेवा लिन सक्ने र बैंकको व्यवसाय विस्तारमा पनि सहयोग पुग्ने दुबै बैंकले विस्वास लिएका छन्।
कामना सेवा विकास बैंकले देशका विभिन्न भागहरुमा १ सय २४ वटा शाखा तथा ६६ वटा एटीएममार्फत ग्राहकहरुलाई आफनो सेवा तथा सुविधाहरु प्रदान गर्दै आएको छ।

प्रतिक्रिया