लमजुङ जिल्लाको मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सवइन्जिनियर टीका प्रसाद गुरुङविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
लमजुङ जिल्ला राष्ट्रिय पुनर्निर्माण प्राधिकरण अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानिय पूर्वाधार) लमजुङबाट करार सेवामा नियुक्त भई मर्स्याङदी गाँउपालिकामा कार्यरत इन्जिनियर भुपेन्द्र कुमार मण्डल र असिस्टेन्ट सव–इन्जिनियर टीका प्रसाद गुरुङले लाभग्राहीहरुसँग भवन निर्माणको किस्ताबापत प्राप्त गर्नुपर्ने रकमबाट बिभिन्न बहानामा आठजनाबाट जनही ५० हजारका दरले घुस/रिसवत माग गरी रु ४ लाख रकम लिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
इन्जिनियर मण्डल रसवइन्जिनियर गुरुङलाई बिगो रु चार लाख कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (घ) बमोजिम सजाय माग गरिएको अख्तियारले जनाएको छ।
साथै निजहरुले मिलेमतो गरी लिएको रिसवत बापतको रकम चार लाख निजहरुबाट असुल उपर गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरिएको हो।

प्रतिक्रिया