माबेल मेगा मार्टबाट सामान खरिद गरी फोनपे क्युआर कोडबाट बिल भुक्तानी गर्दा २५ सय रुपैयाँसम्मको खरिदमा ग्राहकले १५ प्रतिशतसम्म छुट पाउने भएका छन्। आज शुक्रबारदेखि यो योजना सञ्चालनमा आएको हो।
माबेल मेगा मार्ट राजधानीको नयाँ बानेश्वर, मेडिसिटी अस्पताल र टीकाथलीमा शोरुमहरु रहेका छन्। ग्रोसरी, लत्ताकपडालगायत अन्य सामानहरु खरिद गर्न सकिने माबेल मेगा मार्टमार्फत सामान होम डेलिभरीमा समेत ग्राहकले क्युआर कोडमार्फत बिल भुक्तानी गर्न सक्नेछन्। साथै ग्राहकले अनलाइन अर्डर पनि गर्न सक्नेछन्।
यसका लागि फोन नं. ९८०१२३५३४५ र कम्पनीकाे वेबसाइट (यहाँ क्लिक गर्नुहाेस्)मार्फत पनि सेवा लिन सक्ने कम्पनीले जनाएको छ। साथै नयाँ बानेश्वर (फोन नं. ९८०१०००८०९), मेडिसिटी अस्पताल (फोन नं. ९८०१२३५३४३) र टीकाथली (फोन नं. ९८०१२३५३४२)बाट पनि सेवा लिन सकिने कम्पनीले जनाएको छ। विशेष छुट योजना भदौ १२ गतेसम्म लागू हुनेछ।

प्रतिक्रिया