सिन्धुपाल्चोकको जुगल गाउँपालिका २ लिदीमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुने पाँच जनाको शव निकालिएको छ। पहिरोमा परेर अझै ३३ जना विपत्ता रहेका छन्।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक प्रमुख एसपी प्रज्वल महर्जनले अहिलेसम्म पाँच जनाको शव निकालिएको जानकारी दिए।
मृतकहरुको अहिलेसम्म सनाखत नभइसकेको उनले जानकारी दिए। उनले प्रहरी, नेपाली सेना र स्थानीयको सहयोगमा उद्धार कार्य अगाडि बढीरहेको जानकारी दिए।
‘अहिलेसम्म पाँच जनाको शव निकालिसकेको छौँ’, नेपालखबरसँग कुरा गर्दै एसपी महर्जनले भने, ‘उद्धार कार्य जारी छ।’
शुक्रबार बिहान घरमाथिबाट आएको पहिरोले लिदीका ३७ घर पुरेको छ। पहिरोमा परेर ३८ जना बेपत्ता भएकोमा पाँच जनाको मात्रै शव भेटिएको हो।
6
Shares

प्रतिक्रिया