समाज


प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा देखियो कोरोना

प्रचण्डको सुरक्षामा खटिएका ६ सुरक्षाकर्मीमा देखियो कोरोना

नेपालखबर
साउन २२, २०७७ बिहिबार ७:२८,

नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सुरक्षामा रहेका ६ जना सुरक्षाकर्मीलाई कोरोना संक्रमण देखिएको छ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलकाअनुसार बुधबार गरिएको स्वाब परीक्षणमा बाहिरी घेरामा सुरक्षाकर्मीमध्य ६ जनामा कोरोना देखिएको हो।

‘पहिलेदेखि नै सतर्कता अपनाउँदै आएको हौँ। आजबाट थप सुरक्षा अपनाएका छौं,’ जुगलले नेपालखबरसँग भने।

सापकोटाका अनुसार प्रचण्डका परिवारका सबै सदस्य र निवास र प्रचण्डको सुरक्षामा खटिएका सबै सुरक्षाकर्मी स्वाब संकलन गरी परीक्षण गरिएको थियो।

६ सुरक्षाकर्मीमा कोरोना देखिए पनि परिवारका सदस्यमा भने नदेखिएको उनले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad