कारोबार


प्रभु बैंकको ‘प्रभु वेल्कम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ खातामा बीमा सुबिधा

प्रभु बैंकको ‘प्रभु वेल्कम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ खातामा बीमा सुबिधा

नेपालखबर
साउन २, २०७६ बिहिबार १६:१,

प्रभु बैंक लिमिटेडले निक्षेकर्ताहरुलाई अधिकतम लाभ प्रदान गर्ने उद्देश्यले मिति २०७६ श्रावण १ गतेदेखि ‘प्रभु वेल्कम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ बचत खाताहरुमा औषधोपचार र दुर्घटना बीमा सुविधा सञ्चालनमा ल्याएको छ। 

यो सुविधाको माध्यमबाट ‘प्रभु वेल्कम सेभिङ’ र ‘प्रभु स्यालरी सेभिङ’ खाता योजना अन्तर्गत हाल भइरहेका र भविष्यमा खोलिने खाताहरुमा निक्षेकर्ताहरुको औषधोपचार बीमा बापत तीन लाख रुपैयाँ र दुर्घटना बिमा बापत १० लाखसम्मको जोखिम बैंकले वहन गर्नेछ।

प्रभु बैंकले सञ्चालनमा ल्याएको यस बिमा सुबिधाले यी दुइ बचत खाता योजना अन्तर्गत खाता हुने निक्षेप ग्राहकहरुले देशका बिभिन्न अस्पतालहरुमा भर्ना भइ उपचार गर्नुपर्ने बिभिन्न १५० प्रकारका रोगहरुको उपचार पश्चात बिमा दावी गर्नसक्ने र अकल्पनीय दुर्घटना बाट हुनसक्ने मृत्यु बापतको राहत परिवारले बिमा दावी गरी लाभान्वित हुने बिश्वास बैंकले लिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad