खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागमा रहेको केन्द्रीय प्रयोगशालाले कालिमाटीमा भित्रिएका तरकारी सबै खान योग्य देखाएको छ।
कृषि मन्त्री चक्रपाणाी खनालको निर्देशनमा कालिमाटी तरकारी बजारमा आएको तरकारी चेकजाँच हुँदा भारत तथा नेपालमा उत्पादन भएको सबै तरकारी खान योग्य देखाएको केन्द्रीय प्रयोगशालाले बुझाएको रिर्पोटमा उल्लेख छ।
कृषि तथा पशुपन्छी विकास मन्त्री चक्रपाणी खनालले गत शुक्रबार कालिमाटीमा भित्रिएका तरकारीको नमूना संकलन गरी विषादी परिक्षणको प्रतिवेदन बुझाउन निर्देशन दिएका थिए। विभागले बुझाएको प्रतिवेदन अनुसार ९ वटा उत्पादनमा ३० प्रकारका विषादीको परिक्षण गर्दा खान नमिल्ने खालको विषादी नभेटिएको विभागका प्रवक्ता मोहनकृष्ण महर्जनले बताए।
सबै उत्पादनमा सरकारले तोकेको मापदण्ड भित्रैको विषादी प्रयोग भएको पाइएको प्रवक्ता महर्जनकाे भनाई छ। उनका अनुसार सुनसरीको लौका, रामकोट काठमाडौंको गोलभेडा र भक्तपुरको बोडी तथा भारत कानपुरको आलु र लौकामा एकै प्रकारको क्लोरोपाइडापस नामक विषादी प्रयोग भएको छ।
९ वटा उत्पादनमा ३० वटा विषादीको चेक गर्दा सबैमा निलो अर्थात सरकारले तोकेको मापदण्ड भित्रै विषादी प्रयोग भएको देखिएको हाे।

प्रतिक्रिया