शनिबार मात्रै राष्ट्रिय प्रजातन्त्र पार्टी छोडेका पूर्वमहामन्त्री सुनिलबहादुर थापासहितको जम्बो टोली नेपाली कांग्रेसमा प्रवेश गर्ने भएको छ।
थापासहितको ३१ जनाको टोली आउँदो मंगलबार कांग्रेस प्रवेश गर्नलागेको हो।
कांग्रेस सभापति शेरबहादुर देउवानिकट एक नेताले नेपालखबरसँग भने, ‘उहाँ(थापासहित)हरु मंगलबार पार्टी प्रवेश गर्ने कार्यक्रम छ।’
कांग्रेस प्रवेश गर्नलागेका थापालगायत नेताहरुको पदीय जिम्मेवारीबारे भने छलफल भइरहेको ती नेताले बताए।
थापासहित केही केन्द्रीय तथा स्थानीय नेताले पार्टीमा वैचारिक सिद्धान्त नमिलेको भन्दै पार्टी परित्याग गरेको घोषणासहित शनिबार विज्ञप्ति जारी गरेका थिए।
विज्ञप्तिमा राप्रपा समावेशी हुन नसकेको, सिद्धान्त छोडेको, सबल नेतृत्व नभएको लगायतका आरोपहरु लगाइएको छ।
राप्रपा छोड्नेमा सुनिलबहादुर थापा, विष्णुविक्रम थापा, बाबुराम बस्नेत, वृजलाल यादव, किरण गिरीलगायत छन्।
यो पनिः
पूर्वमहामन्त्री सुनिल थापासहित ३१ जनाले छाडे राप्रपा, लगाए पाँच मुख्य आरोप (सूचीसहित)

प्रतिक्रिया