ad ad

कारोबार


उद्योगीको चुनाव सरेपछि चन्द्र ढकालले भनेः महासंघलाई अभिभावकविहीन बनाउन खोजियो

उद्योगीको चुनाव सरेपछि चन्द्र ढकालले भनेः महासंघलाई अभिभावकविहीन बनाउन खोजियो

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ८:४८,

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा व्यवसायी चन्द्र ढकालले यही साउन २६ र २७ गते हुनलागेको महासंघको निर्वाचन सारेकोमा असन्तुष्टि जनाएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले चुनावको मिति सारेर महासंघमा आबद्ध व्यवसायीलाई अभिभावकविहीन बनाउन खोजिएको आरोप लगाएका हुन्। उनले भने, ‘सरकारले तोकेको लकडाउनको सुरक्षा कार्यविधि मानेर निर्वाचन गर्न सकिन्थ्यो। अर्को पक्षको मिलेमतोमा सारिएजस्तो देखिन्छ।’

उनले अहिले पनि आफू कार्यसमितिमै रहेको र अब पनि निर्वाचित भएपछि कार्यकारी पोष्ट नसम्हाल्ने भएकाले मिति सर्दा आफूलाई कुनै असर नगर्ने बताए।

dhakal patrakar sammelan 2

उनले भने, ‘म निर्वाचित भए पनि वरिष्ठ उपाध्यक्ष मात्रै सम्हाल्ने हो, कार्यकारी पदमा रहने होइन। त्यसकारण मिति सरेर मलाई कुनै असर गर्दैन।’

तर व्यवसायीलाई चाहिँ अभिावकविहीन र म्याद गुज्रेको औषधि जस्तो बनाइएको उनले दाबी गरे। अहिलेको विषम परिस्थितिमा उद्योगी व्यवसायीका समस्या रहे पनि त्यसको समाधान गर्ने नयाँ नेतृत्व नभएकोले तोकिएकै मितिमा निर्वाचन गर्दा सबैलाई फाइदा हुने उनले बताए।

dhakal patrakar sammelan 3

महासंघको यही २६ र २७ गतेका लागि मिति तोकिएको थियो। त्यसका लागि ललितपुरको हेरिटेज गार्डेनमा निर्वाचन हुने तय भए पनि प्रशासनले कोरोनाको कारण भीडभाड गर्न नहुने भन्दै अनुमति दिएन।

सोही कारण महासंघको पदाधिकारी र पूर्वअध्यक्षहरुसहितको बिहीबार बसेको बैठकले निर्वाचन तथा साधारणसभा सार्ने निर्णय गरेको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .