ad ad

समाज


कोरोना : वीरगञ्जमा संक्रमितको मृत्यु, संक्रमणबाट ज्यान जानेको संख्या ४४ पुग्यो

कोरोना : वीरगञ्जमा संक्रमितको मृत्यु, संक्रमणबाट ज्यान जानेको संख्या ४४ पुग्यो

नेपालखबर
साउन ९, २०७७ शुक्रबार ८:४६,

वीरगञ्जस्थित अस्पतालमा उपचाररत् कोरोना संक्रमित एक बिरामीको शुक्रबार मृत्यु भएको छ।

योसँगै नेपालमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ४४ पुगेको छ।

नारायणी उपक्षेत्रीय अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. मदन उपाध्यायका अनुसार कोरोना संक्रमित एक ८५ वर्षीय दीर्घरोगी महिलाको शुक्रबार बिहान मृत्यु भएको हो।

मुटुकाे दिर्घरोगी ती महिलालाई निमोनियाको लक्षण देखिएपछि वीरगञ्जको एउटा नर्सिङ होममा भर्ना गरिएको थियो।

पीसीआर परीक्षणमा कोभिड–१९ को पोजिटिभ रिपोर्ट आएपछि उनलाई गण्डक अस्पतालमा भर्ना गरिएको थियो।

डा. उपाध्यायका अनुसार ती संक्रमितको आईसीयू कक्षमा उपचार गर्दागर्दै मृत्यु भएको हो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .