पर्यटनसम्बद्ध संघसंस्थाले साउन १७ बाट आन्तरिक उडान खोल्न माग गरेका छन्। हवाइ सेवा समग्र पर्यटन गतिविधिको आधार भएकाले उडान खोल्नुपर्ने व्यवसायीले माग गरेका हुन्।
हवाइ सेवा नियमित उडान नहुँदा नेपाली नागरिकले महंगो शुल्क तिर्न बाध्य भएको उनीहरुले जारी गरेको संयुक्त प्रेस वक्तव्यमा उल्लेख छ।
व्यवसायीहरुले अगष्ट १ (साउन १७)बाट आन्तरिक र अगष्ट १५ (साउन ३१ बाट अन्तर्राष्ट्रिय तालिका उडानहरु सुचारु गर्नुपर्ने माग गरेका छन्।
अन्तर्राष्ट्रिय अभ्यास र अनुभव समेत हेरी नेपाललेपनि विश्व स्वास्थ्य संगठनद्वारा जारी प्रोटोकल पालना गर्दै पर्यटन सेवा सुचारु गर्नुपर्ने माग गरेका छन्।
त्यस्तै व्यवसायीले पर्यटकीय सवारीसाधनहरु स्वास्थ्य सुरक्षासम्बन्धी उपायहरु पालना गरी निर्बाध सञ्चालन गर्न दिनुपर्ने माग समेत गरेका छन्।
पर्यटकीय क्षेत्र, गन्तव्य, सेवा तथा बजारीकरणका आधार विस्तारै सुचारु गर्दै नेपाली पर्यटन क्षेत्रलाई गतिशील तथा चलायमान बनाउनेतर्फ तत्काल पहल गनुपर्ने उनीहरुको भनाइ रहेको छ।
Shares

प्रतिक्रिया