कारोबार


एचबीओका च्यानलहरु अब मोबाइल एपमा, डिशहोमका प्रयोगकर्ताले निःशुल्क हेर्न पाउने

एचबीओका च्यानलहरु अब मोबाइल एपमा, डिशहोमका प्रयोगकर्ताले निःशुल्क हेर्न पाउने

नेपालखबर
साउन १, २०७७ बिहिबार १०:११,

स्याटेलाइट टेलिभिजन वितरक डिश मिडिया नेटवर्क लि ले मोबाइलमै टेलिभिजन हेर्न मिल्ने गरी मोबाइल एप सञ्चालनमा ल्याएको छ। कम्पनीले आफ्नो डीटीएच सेवा प्रयोग गरिरहेका ग्राहकहरुलाई इन्टरनेटमार्फत मोबाइलमै टेलिभिजन हेर्न दिने गरी केही समय अघि नै ‘डिशहोम गो’ अर्थात ‘डीएच गो’ नामक मोबाइल एप ल्याएको थियो।

सोही एपमा अब नेपालमै पहिलो पटक मोबाइलमा एचबीओका च्यानलहरु हेर्न सकिने भएको हो।

‘नेपालमा उपलब्ध टेलिभिजन सेवा प्रदायकका ओटीटी एपमा एचबीओका च्यानल उपलब्ध भएको यो नै पहिलो पटक हो,’ डिशहोमका प्रबन्ध निर्देशक सुदीप आचार्यले भने, ‘यो सेवा शुक्रबारबाट सुरु भएको छ। यसमा एचबीओका सम्पूर्ण च्यानल उपलब्ध भएका छन्।’

डिशहोमले डीएच गोमार्फत आफ्ना प्रयोगकर्तालाई मोबाइलमै २० वटा च्यानल हेर्न सकिने सुविधा दिएको छ। ती २० वटा च्यानलमा एचबीओ, एचबीओ सिग्नेचर एचडी, एचबीओ फ्यामिली एचडी, एचबीओ हिट्स एचडी र सिनेम्याक्स समेत समावेश भएका छन्।

HBO_on_DHGO_1.png

यससँगै डिशहोम प्रयोगकर्ताले जहाँ र जुन सुकै समयमा मोबाइलमै नयाँ अंग्रेजी फिल्म सहजै हेर्न सक्ने कम्पनीले जनाएको छ।

डिशहोमले सेट टप बक्समा उपलब्ध टेलिभिजन च्यानलहरुलाई इन्टरनेटको ओटीटी (ओभर दी टप) प्रविधिमार्फत मोबाइलमा उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो एप प्रयोगका लागि थप कुनै शूल्क लाग्ने छैन। डिशहोम प्रयोगकर्ताले डीटीएच कनेक्सनको कस्टमर आईडी प्रयोग गरि निःशुल्क रुपमा यो सेवा प्रयोग गर्न पाउने छन्।

विशेष गरी डिशहोम प्रयोगकर्ताको सहजताका लागि यो सेवा सुरु गरिएको कम्पनीले जनाएको छ। ‘कुनै दिन प्रयोगकर्ता घरबाट बाहिर बस्नु परेको अवस्थामा पनि उनीहरुले डिशहोमसँग जोडिन सकुन भन्ने हाम्रो योजना हो,’ आचार्यले भने, ‘यो सेवाले डिशहोमका प्रयोगकर्तालाई अझ नजिक ल्याउन मद्दत पुर्याउने विश्वास लिएका छौं।’

डिशहोमका प्रयोगकर्ताले एन्ड्रोइडका लागि गुगल प्ले स्टोर र एप्पलका लागि एप स्टोरबाट डिशहोम गो ओटीटी एप डाउनलोड गरी यो सेवा प्रयोग गर्न सक्नेछन्। डिशहोमका ग्राहकबाहेक अन्य प्रयोगकर्ताले भने यो एप प्रयोग गर्न नपाउने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad