कोरोना महामारी नियन्त्रण, रोकथाम तथा उपचारको लागि प्रदेश २ सरकारले स्थापना गरेको राहत कोषमा सूर्य नेपाल प्रालिले एक करोड रुपैयाँ सहयोग गरेको छ।
सूर्य नेपालका प्रतिनिधिहरुले बिहीबार मुख्यमन्त्री लालबाबु राउतलाई सो रकमको चेक हस्तान्तरण गरेका हुन्। प्रदेश २ सरकारले कोरोना राहत कोषमा यो आजसम्मकै सबभन्दा ठूलो सहयोग भएको जनाएको छ।
प्रदेश सरकारले स्थापना गरेको राहत कोषमा विभिन्न बैंक, वित्तिय संस्था, विभिन्न व्यापारिक घरानाहरुले रकम सहयोग गरेका छन्। सो कोषबाट प्रदेश सरकारले कोरोनाको रोकथाम तथा उपचारमा खर्च गर्दै आएको छ।

प्रतिक्रिया