कुमारी बैंक लिमिटेडले देवः विकास बैंक लिमिटेडलाई प्राप्ति गरेपछि आजदेखि एकीकृत कारोबार सुरु गरेको छ।
कुमारी बैंक लिमिटेडको टंगालस्थित प्रधान कार्यालयमा आयोजित एक कार्यक्रममा कुमारी बैंक लिमिटेडका अध्यक्ष अमिर प्रताप राणा तथा साबिकको देवः विकास बैंकका अध्यक्ष बज्र गुरुङले संयुक्त रुपमा उद्घाटन गर्दै एकीकृत कारोबारको सुरु गरेका हुन्।
यस नयाँ कार्यथालनीपश्चात् कुमारी बैंकको कुल शाखा एवं एक्सटेन्सन काउन्टर सञ्जाल २१६, एटीएम संख्या १३८ लगायत कुल निक्षेप १ खर्ब २४ अर्ब, कुल कर्जा प्रवाह १ खर्ब १२ अर्ब तथा सेयर पुँजी १२ अर्ब ५२ करोड पुगेको बैंकले जानकारी गराएको छ।

प्रतिक्रिया