संगठनले राडरमा दिशा समायोजित नगर्दा युक्रेनको यात्रुवाहक विमानमा भुलवश दुईवटा क्षेप्यास्त्र प्रहार भएको प्रतिवेदन सार्वजनिक गरेको छ।
इरानी सेनाले गरेको उक्त आक्रमणमा विमानमा सवार सबै १ सय ७६ जनाको मृत्यु भएको थियो। मारिनेमा इरानकै धेरै नागरिक थिए।
संगठनले इरानको हवाइ रक्षा युनिटले राडर प्रणालीमा उत्तर दिशा समायोजित गर्न बिर्सिएका कारण यो ठूलो घटना हुन पुगेको जनाएको छ।
इरानी सेनाले ३० सेकेन्डको अवधिमा २ वटा क्षेप्यास्त्र प्रहार गरेको थियो। यस घटनामा दोषी ठहरिएका ६ जनालाई इरानले पक्राउ गरेको बताए पनि प्रस्ट रपमा केही बताएको छैन।
जनवरी ३ का दिन अमेरिकाले इरानी सैन्य कमाण्डर कासिम सुलेमानीलाई ड्रोन आक्रमण गर्दै हत्या गरेको थियो।
अमेरिकाले सुलेमानीलाई आतंकवादी र अमेरिकाको लागि खतरा भनेको थियो। आफ्ना कमाण्डरलाई बिना कारण मारेपछि इरानले इराकस्थित अमेरिकी सैन्य क्याम्पमा दर्जनभन्दा बढी क्षेप्यास्त्र प्रहार गरेको थियो।
८ जनवरीमा इरानले क्षेप्यास्त्र प्रहार गर्दै आफ्नै देशबाट उडेको युक्रेनको विमान खसाएको थियो। संगठनका अनुसार अमेरिकाले ड्रोन आक्रमण गरेर कासिम सुलेमानीको हत्या गरेपछि इरानको हवाई रक्षा युनिट चनाखो बनेको थियो।
राडरमा भएको समस्याले विमान अस्वभाविक रुपमा अगाडि बढेपछि देखिएपछि आक्रमण भएको जनाइएको छ।
गत जनवरीमा पनि इरानी सेनाले अमेरिकी सेनाको विमानहरु इरानमा आक्रमणको लागि प्रवेश गरेको भन्ने लागेर क्षेप्यास्त्र प्रहार गरेको प्रतिक्रिया दिएको थियो। एजेन्सी

प्रतिक्रिया