डिशहोमले सञ्चालन गरेकोे ‘डिलर दाइको डिस्काउन्ट अफर’ लाई निरन्तरता दिने भएको छ।
कार्यक्रमको व्यापक सफलता र ग्राहकहरुको अत्याधिक मागलाई ध्यानमा राखि अफरलाई निरन्तरता दिन लागिएको डिसहोमले जनाएको छ।
२०७६ फागुन २ गतेदेखि सुरु भएको डिलर दाइको डिस्काउन्ट अफर ४४ हप्ताको लागि सञ्चालन हुने भनिएको भए पनि ग्राहकहरुको अत्याधिक मागका कारण यो अफर जारि रहने भएको हो।
डिशहोमको देशभर रहेको बिक्रेता वा नजिकैको डिलर मार्फत फन्ड ट्रान्सफर वाट वार्षिक रिचार्ज गर्दा ‘साप्ताहिक लक्की ड्र’ मा सहभागी हुन पाइनेछ।
हरेक हप्ताको शुक्रबार साँझ ५ बजे डिशहोमको शो केस च्यानल नं १००, शो केस २ च्यानल नं १०१ र रमाईलो टिभीमा ‘लाइभ लक्की ड्र’ मार्फत २ जना भाग्यशाली विजेता छनौट हुनेछन्। यो योजना अनुसार २ जना भाग्यशाली विजेताहरुले प्रति व्यक्ति रु एक लाख नगद प्राप्त गर्नेछन्।
फन्ड ट्रान्सफर बारे अधिक जानकारीको लागि देशभर रहेको डिशहोम बिक्रेता, नजिकैको डिलर वा डिशहोमको ग्राहक सेवा केन्द्रमा सम्पर्क गर्न सकिन्छ। ग्राहकहरुको मागलाई ध्यानमा राख्दै अब अनलाइन मार्फत ५ हजार वा सो भन्दा माथि रिचार्ज गर्ने ग्राहकहरुलाई पनि यो साप्ताहिक लक्की ड्र मा सहभागी गराइने भएको छ।

प्रतिक्रिया