कारोबार


सीमानाका बन्द भएपछि नेपालगन्जमा व्यापारिक चहलपहल बढ्यो

सीमानाका बन्द भएपछि नेपालगन्जमा व्यापारिक चहलपहल बढ्यो

नेपालखबर
असार २५, २०७७ बिहिबार ५:३७,

कोरोना महामारी संक्रमण रोकथामका लागि नेपाल–भारत जमुनाह नाका बन्द भएपछि नेपालगन्जमा व्यापारिक चहलपहल बढेको छ।

सीमावर्ती भारतीय बजार रुपैडिहाका कारण सधैँ व्यापारिक कारोवारमा मन्दी सहँदै आएका नेपालगन्जका व्यापारीले चार महिनादेखि नेपाली उपभोक्तालाई सेवा गर्ने अवसर पाएका छन्।

सीमा नाका बन्द भएसँगै भारतीय सामानको तस्करी नियन्त्रणमा आएपछि नेपालगञ्जमा किराना, खाद्यान्न, लुगा, तयारी कपडा, सौन्दर्य प्रसाधनलगायत सबै प्रकारको स्वदेशी व्यापार राम्रो हुन थालेको नेपालगन्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओलीले बताए। ‘कोरोना महामारीको कारण सीमा नाका बन्द भएपछि यस्तो असहज अवस्थामा पनि नेपालगञ्जमा व्यापारिक चहलपहल राम्रो छ’, संघका महासचिव ओलीले भने, ‘पहिले उधारोमा सामान बेच्न पनि हारगुहार गर्नुपथ्र्यो, अहिले नगदमै कारोवार हुन थालेको छ।’

सीमा नाका बन्द भएका कारण नेपाली उपभोक्ता यहीँ रोकिएपछि स्वाभाविक रुपमा नेपालगन्जको चहलपहल बढेको हो। उपभोक्तालाई नेपालगन्जमै रोकिने गरी व्यवसायीले सेवा प्रदान गर्नुपर्ने उनले बताए।

सस्तो दरमा सामान पाइने विश्वासमा नेपाली उपभोक्ताको घुइँचो लाग्ने सीमावर्ती भारतीय बजार रुपैडिहा सुनसान भएको छ। सीमा नाका बन्द भएपछि रुपैडिया बजार सुनसान भएको रुपैडिहास्थित पत्रकार सन्तोष शुक्लाले जानकारी दिए। उनका अनुसार कोरोना महामारीका कारण सीमा बन्द भएपछि रुपैडिहा बजारको कारोवार बन्दजस्तै भएको छ। नेपाली उपभोक्ता आउन नपाउँदा व्यापार चौपट भएको भन्दै भारतीय व्यापारी आन्दोलनमा उत्रिने तयारी गरेका छन्।

राहत माग
कोरोना महामारीका कारण व्यापार व्यवसाय ठप्प भएको भन्दै र नेपालगञ्ज उद्योग वाणिज्य संघले मौद्रिक नीतिमार्फत राहत प्याकेजको माग गरेको छ। कोरोना महामारीका कारण निजी क्षेत्र प्रभावित भएकाले आगामी मौद्रिक नीतिमार्फत राहत दिनुपर्ने माग गरिएको संघका अध्यक्ष अव्दुलवाहिद मन्सुरीले बताए।

उनका अनुसार संघले सोही मागका विषयमा ध्यानाकर्षण गराउन आज नेपाल राष्ट्र बैंक, नेपालगञ्जमार्पmत केन्द्रीय कार्यालयमा ज्ञापनपत्र बुझाउँदै छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad