ज्योति विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा श्रीचन्द्र भट्ट नियुक्त भएका भएका छन्।
बैंकका सीईओ मनोज ज्ञवालीले कार्यकाल बाँकी छँदै पदबाट राजीनामा गरेपछि सञ्चालक समितिले भट्टलाई ४ वर्षे कार्यकालका लागि नियुक्त गरिएको हो।
नेपाल इन्भेष्टमेन्ट बैंकबाट बैंकिङ करिअर सुरु गरेका भट्टले मेगा बैंकमा नायब प्रमुख कार्यकारी अधिकृत भएर काम गरेका थिए। उनी यो भन्दा अघि आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत भएका थिए।
प्रतिक्रिया