ad ad

समाज


चोरीकै मोटरसाइकलमा लिफ्ट दिँदै, रेस्टुरेन्ट पुर्‍याएर मोबाइल चोरी गर्दै

चोरीकै मोटरसाइकलमा लिफ्ट दिँदै, रेस्टुरेन्ट पुर्‍याएर मोबाइल चोरी गर्दै

नेपालखबर
असार २४, २०७७ बुधबार १३:४८,

रामेछापको उमाकुण्ड गाउँपालिका २ का राजकुमार सुनुवारले राजधानीका महिलाहरुलाई मोटरसाइकलमा लिफ्ट दिने भन्दै चोरी गरेर भाग्ने गरेको पाइएको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले उनलाई बुधबार ११ थान मोबाइलसहित पक्राउ गरेको छ।

२६ वर्षीय राजकुमारले राजधानीका सडकमा महिलाहरुलाई मोटरसाइकलमा लिफ्ट दिएर बिभिन्न क्याफे, रेस्टुरेन्ट र गेस्टहाउसमा पुर्‍याउने अनि, महिला वासरुम गएको मौका छोपी मोबाइल लगायतका सामान लिएर फरार हुने गरेको प्रहरीले जनाएको छ।

चोरीको बुलेट मोटरसाइकल चढ्ने राजकुमारले चोरेका मोबाइल सस्तोमा बिक्री गर्ने गरेको पाइएको छ। मोबाइल खरिद गर्ने व्यक्तिलाई केही समय पछि फोन गरेर आफू प्रहरीको डीएसपी हुँ भन्दै मोबाइल फिर्ता गर्न धम्क्याउने गरेको काठमाडौं प्रहरीका प्रवक्ता डीएसपी राजकुमार केसीले बताए।

मोवाइल बेचेकै व्यक्तिले धम्काउन थालेपछि पीडितले काठमाडौं परिसरमा उजुरी दिएका थिए। बुधबार बिहान सुनुवारलाई बिजि मल अगाडि सडकमा महानगरीय प्रहरी बृत्त महाराजगञ्ज तथा पीसीसीबी समेतबाट खटिएको प्रहरी टोलीले बा ९७ प १६८३ नं बुलेट मोटरसाइकलमा उनलाई फेला पारेको थियो।

उनको साथमा चोरीका मोबाइल ११ थान समेत फेला पारेको डीएसपी केसीले बताए। उनीबाट अरु पनि व्यक्ति पीडित भएको हुनसक्ने आशंकामा प्रहरीले सम्पर्कमा आउन अनुरोध गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .