ad ad

कारोबार


सगरमाथा आधार शिविरमा इन्टरनेट जडानको तयारी

सगरमाथा आधार शिविरमा इन्टरनेट जडानको तयारी

नेपालखबर
असार २२, २०७७ सोमबार ३:४७,

सोलुखुम्बुको सगरमाथा आधार शिविर क्षेत्रमा इन्टरनेट सेवा सञ्चालनको तयारी सुरु भएको छ। सगरमाथा क्षेत्रमा निःशुल्क वाइफाईका लागि इन्टरनेट राख्न लागिको हो।

नेपाल दूरसञ्चार प्राधिकरणले निःशुल्क वाइफाई जडान गर्न लागेको हो। इन्टरनेट जडानको ठेक्का एभरेस्ट लिंक प्रालिलाई दिइएको प्राधिकरणले जनाएको छ।

अबको आठ महिनाभित्रमा वाइफाइ जडान भइसक्ने छ। त्यसका लागि सात करोड रुपैयाँमा ठेक्का दिइएको प्राधिकरणका प्रवक्ता मीनप्रसाद अर्यालले जानकारी दिए।

कम्पनीसँग भ्याटबाहेक ६ करोड ९९ लाख ९ हजार रुपैयाँमा प्राधिकरणले ठेक्का सम्झौता गरेको हो। सगरमाथा आधार शिविसहित लोबुचे, लुमिया, मोञ्जो, नाम्चे बजार, फाख्दिङ, फेरिचे, तेङ्बोचे लगायतका ठाउँमा इन्टरनेट जडान हुने प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .