ad ad

राजनीति


स्थायी समिति बैठक २४ गतेसम्म स्थगित, बालुवाटारमा ओली–प्रचण्ड वार्तामा

स्थायी समिति बैठक २४ गतेसम्म स्थगित, बालुवाटारमा ओली–प्रचण्ड वार्तामा

नेपालखबर
असार २२, २०७७ सोमबार ३:५६,

नेकपाको स्थायी समिति बैठक असार २४ गतेसम्मका लागि स्थगित गरेर बालुवाटारमा प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वार्तामा जुटेका छन्।

आइतबार भएको वार्तामा विवादलाई केही मत्थर बनाउँदै थप असमझदारी नबढाउने सहमति गरेका ओली र प्रचण्ड सोमबार आयोजना गरिएको स्थायी समिति बैठक स्थगित गरि वार्तामा बसेका हुन्।

बालुवाटारमा बिहान करिब ९ः४५ बजे सुरु भएको वार्तामा महासचिव विष्णु पौडेल पनि सहभागी भएको बताइएको छ।

पार्टी प्रचार विभागका उपप्रमुख तथा प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार स्थायी समिति बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित गरिएको हो।

स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीकै राजीनामाको माग उठेपछि नेकपाको विवाद उत्कर्षमा पुगेको छ। आइतबारको वार्ताबाट त्यो केही मत्थर भएजस्तो देखिएपनि सहमति जुटेको छैन।

अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपालसहितका कमिटीका बहुमत सदस्यले ओलीलाई राजीनामा गराउन जोड दिइरहेका छन् भने ओली आफूले भने पद नछाड्ने अडान लिँदा पार्टीभित्रको विवाद थप बल्झिएको हाे।

याे पनि: ओली–प्रचण्डबीच थप असमझदारी नबढाउने सहमति : मन्त्री पुन

सहमतिका लागि ‘अन्तिम कोशिस’ गर्न प्रचण्ड बालुवाटारमा, सहयोगी नेतासहित छलफल सुरु

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .