ad ad

कारोबार


एभरेष्ट बैंकद्वारा टेकुमा वृक्षरोपण

एभरेष्ट बैंकद्वारा टेकुमा वृक्षरोपण

नेपालखबर
असार २१, २०७७ आइतबार १५:३,

एभरेष्ट बैंक लि. ले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत वातावरण संरक्षणका लागि टेकुमा वृक्षरोपण गरेको छ। वृक्षारोपण कार्यक्रम, एभरेष्ट बैंक लि., काठमाडौं महानगरपालिका वडा नं. १२ को कार्यालय र पीडीएसएस नेपालकोे समन्वयमा सम्पन्न भएको हो।

एभरेष्ट बैंकले जनहितका लागि सधैँ विभिन्न सामाजिक कार्यक्रमहरू आयोजना गर्दै आएको छ। ‘सेभ विथ स्माइल’ को नारा अन्तर्गत आफ्ना ग्राहकहरुको फाइदा र सन्तुष्टिको लागि पनि सधैँ तत्पर रहेको जनाएको छ।

वृक्षारोपण कार्यक्रमको उद्घाटन बैंकका उप महाप्रबन्धक डा. सन्धीर कुमार र वडा नं. १२ का वडा अध्यक्ष विकास डंगोलले गरेका थिए।

हाल एभरेष्ट बैंकको ग्राहकहरुको संख्या बैंकिङ क्षेत्रमा सबैभन्दा धेरै ११ लाख भन्दा बढी रहेको छ। एभरेष्ट बैंकलाई सर्वश्रेष्ठ व्यवस्थित वाणिज्य बैंक, २०१९ बाट पुरस्कृत गरिएको थियो। यसबाहेक, बैंकले हालसालै क्यामेल रेटिङ्ग अन्तर्गत वाणिज्य बैंकहरूको बीचमा सबै भन्दा राम्रो मूल्याङ्कन गरिएको बैंकको रूपमा चयन भएको छ।

हालसम्म बैंकको ९५ शाखाहरु, ३१ राजस्व संकलन काउन्टरहरु र १२३ स्थानमा एटीएम रहेका छन्। आफ्नो फराकिलो विश्वव्यापी नेटवर्क र घरेलु नेटवर्क मार्फत एभरेष्ट बैंकले पेशेवर र दक्ष बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .