अजोड इन्स्योरेन्स लिमिटेडले दावी भुक्तानी प्रक्रियालाई छिटो छरितो बनाउने उद्देश्यले फाष्ट ट्रयाक दाबी भुक्तानी नीति अबलम्वन गरेको जनाएको छ। कम्पनीले दुई लाख रुपैयाँसम्मको दाबी तत्कालै भुक्तानी गर्ने व्यवस्था गरेको छ।
कम्पनीले डिजिटल इन्स्युरेन्सका साथै डिजिटल प्रविधिवाट बीमा शुल्क भुक्तानीका लागि विभिन्न सेवा प्रदायक कम्पनीहरुसँग सम्झौता गरी कार्य आरम्भ गरी सकेको छ।
हाल विश्वव्यापी रुपमा फैलिएको कोरना भाइरस (कोभिड–१९) को माहामारीको विषम परिस्थितीका बाबजुत कम्पनीले चालु आ.ब.को असार २१ सम्म ८९ हजार ७५८ बीमालेख जारी गरी रु. ८१ करोड ५७ लाख बीमा शुल्क आर्जन गर्न सफल भएको छ।
कम्पनीले आइतबार आफ्नो दोस्रो वार्षिकोत्सव सम्पन्न गरेको छ। वार्षिकोत्सवका क्रममा प्रधान कार्यालय सुन्धारामा रक्तदान कार्यक्रमसमेत गरेको छ। कार्यक्रममा कम्पनीका संस्थापक शेयरधनी, प्रमुख कार्यकारी अधिकृत लगायत कम्पनीको कर्मचारी र आगन्तुक समेत गरी ३५ जनाले रक्तदान गरेका छन्।
कम्पनी सञ्चालनमा आएको छोटो अवधिमा नै प्रधान कार्यालयसहित ७ वटा प्रादेशिक कार्यालय तथा १८ वटा शाखा कार्यालय, १६ वटा उपशाखा कार्यालय गरि जम्मा ४२ वटा कार्यालयहरु, ३ वटा तेश्रो पक्ष बीमा काउण्टर र एक ग्राहक सेवा केन्द्र मार्फत् बीमा सेवा सुरुवात गरी बीमा सेवा प्रदान गर्न सक्षम भएको कम्पनीले जनाएको छ।
Shares

प्रतिक्रिया