समाज


पहिरोमा पुरिएर चारमहिने बालकको मृत्यु

पहिरोमा पुरिएर चारमहिने बालकको मृत्यु

नेपालखबर
असार २१, २०७७ आइतबार ११:५४,

डोटीको पूर्वीचौकी गाउँपालिकामा पहिरामा पुरिएर चारमहिने बालकको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले दिएको जानकारीअनुसार पहिरामा पुरिएर मृत्यु हुनेमा वडा नं ४ सानागाउँको नुवाकोट गाउँका भक्त दमाईंका चारमहिने छोरा छत्र दमाईंको रहेका छन्।

गएरातिदेखि लगातारको वर्षाका कारण घरमाथिबाट आएको पहिरोमा पुरिएर बालकको मृत्यु भएको प्रहरीले जनाएको छ। उक्त पहिरोमा परी भक्त घाइते भएको र उनको स्थानीय सानागाउँ स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।

लगातारको वर्षात्का कारण जिल्लाका ग्रामीण सडक पूर्णरूपमा बन्द हुनुका साथै विकास निर्माणका कामसमेत प्रभावित भएका छन्। वर्षात्कै कारण जिल्लाकै पश्चिमी क्षेत्रमा पर्ने आदर्श गाउँपालिका–५ लामीखालको जगेडामा आएको बाढीका कारण किसानले धान लगाएका खेत, बारी सबै बगाएको छ।

बाढीले गरेको क्षतिको विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय मौवाको टोली त्यसतर्फ परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक इन्द्रबहादुर मल्लले जानकारी दिए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .