कृषि विकास बैंक ह्याकिङ प्रकरणमा संलग्न रहेको अभियोगमा एक जना पक्राउ परेका छन्।
बैंकको सूचना प्रणालीमा अनधिकृत पहुँच राखि रकम रकमान्तर गरी भुक्तानी लिने कार्यमा संलग्न रही फरार रहेका व्यक्तिलाई प्रहरी अपराध महाशाखाले धादिङको रुविभ्यालिका सौजन तामाङलाई जावलाखेलबाट पक्राउ गरेको हो।
२०७६ असोज ७ गते कृषि विकास बैंकको न्युरोड शाखाबाट सुनिता श्रेष्ठको खातामा रहेको ४९ लाख ५० हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी भएको थियो। श्रवण कुमार श्रेष्ठको खातामा २० लाख रुपैयाँ रकमान्तर गर्न चेक पेश गरेको अवस्थामा उनीहरुमाथी संका गरिएको थियो।
बैंकको वित्तीय प्रणालीमा पहुँच राखि ४ करोड ८८ लाख ४६ हजार रुपैयाँ रकमान्तर गरी भुक्तानी लिएको पाइएको थियो। गत असोज ७ गते श्रवण कुमार श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पन्जारलाई पक्राउ गरिएको थियो।
उनलाई संगठित अपराध समेतका कसूरमा आवश्यक कारवाहीको लागि आइतबार काठमाडौं जिल्ला अदालतमा पठाइएको महाशाखा प्रमुख एसएसपी दीपक थापाले बताए।
Shares

प्रतिक्रिया