कारोबार


विमानस्थल भन्सारका कर्मचारीका लागि गहना परीक्षण तालिम सुरु

विमानस्थल भन्सारका कर्मचारीका लागि गहना परीक्षण तालिम सुरु

नेपालखबर
असार १६, २०७७ मंगलबार १५:४३,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत कर्मचारीहरुका लागि सुन, चाँदी, हीराका गरगहना परीक्षण सम्बन्धी तालिम सुरु भएको छ। पाँच दिनसम्म सञ्चालन हुने तालिममा नौ जना कर्मचारीहरु सम्मिलित छन्।

विमानस्थल भन्सार कार्यालय र नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघको संयुक्त आयोजनामा तालिम सञ्चलन गरिएको हो।

तालिमको उद्घाटन गर्दै कार्यालय प्रमुख शंभु प्रसाद मरासिनिले यस्तो कठिन अवस्थामा पनि महासंघले तालिम उपलब्ध गराउन लागेकोमा खुशी व्यक्त गरे। यसले सरकार र महासंघबीचको सहकार्यलाई थप उजागर गरेको बताए। 

महासंघका अध्यक्ष रमेश महर्जनले आयात निर्यातसँग सम्बन्धित सरकारी निकायहरु सो सम्बन्धित क्षेत्रको पर्याप्त विज्ञ भइदिएमा व्यवसायिहरुलाई पनि सहज हुने बताए। उनले व्यवसायीहरुसँग रहेको प्राविधिक ज्ञान नियामक निकायमा कार्यरत जनशक्तिका लागि शेयर गर्न पाएकोमा खुशी व्यक्त गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .