समाज


प्रदेश नं. १ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

प्रदेश नं. १ मा ४१ हजार ३३९ जनाको कोरोना परीक्षण

नेपालखबर
असार १६, २०७७ मंगलबार १५:५५,

प्रदेश नं १ मा अहिलेसम्म ४१ हजार ३३९ जनाको कोरोना परीक्षण भएको छ। परीक्षण भएकामध्ये पीसीआर विधिबाट २३ हजार ५७७ र आरडिटी विधिबाट १७ हजार ७६२ जना रहेका छन्।

सामाजिक विकास मन्त्रालयअन्तर्गत रहेको अस्पताल विकास तथा चिकित्सा सेवा महाशखाद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिएको हो। महाशाखा प्रमुख सागर प्रसाइँका अनुसार वैशाखमा पीसीआर विधिबाट दुई हजार ४३९ र आरडीटी विधिबाट आठ हजार ६७४, जेठमा पीसीआर विधिबाट १२ हजार ९२१ र आरडीटी विधिबाट छ हजार ९२७ तथा असार १५ सम्ममा पीसीआर विधिबाट आठ हजार २१७ र आरडीटी विधिबाट दुई हजार १६१ जनाको परीक्षण भएका छन्।

सो अवधिमा ३९२ जना संक्रमित उपचार पछि निको भएर घर फर्किसकेको उनले बताए। अहिले विभिन्न आइसोलेसन कक्ष एवं उचार केन्द्रमा १७५ जना संक्रमितको उपचार भइरहेको उनले जानकारी दिए। उनका अनुसार पछिल्लो २४ घन्टामा यो प्रदेशमा १० जना नयाँ संक्रमित भेटिएका छन्। तीमध्ये झापाका चार, सङ्खुवासभाका तीन, सुनसरीका दुई र खोटाङका एक जना छन्।

सो अवसरमा सामाजिक विकासमन्त्री जीवन घिमिरेले कोरोना संक्रमित भर्ना हुनेमध्येबाट उपचारपछि घर फर्किनेको अनुपात सन्तोषजनक रहेको बताए। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad