यूएईबाट आइतबार मात्रै करिब ६ सय नेपाली फर्किँदै छन्। कोरोना भाइरसको विश्वव्यापी महामारीका कारण यूएईबाट नेपाल फर्किनैपर्ने अवस्थामा रहेका ६ सय आइतबार फर्किनलागेका हुन्।
यूएईका लागि नेपाली राजदूत कृष्ण बहादुर ढकालका अनुसार आइतबार हिमालय एयरलाइन्स, फ्लाई दुवै र नेपाल एयरलाइन्सको चार्टर्ड उडानले नेपाली ल्याउँदै छन्।
यसअघि असार ६ गते एयर अरेबिया र असार ५ गते नेपाल एयरलाइन्सका चार्टर्ड उडानले ३ सयभन्दा बढी नेपालीहरू नेपाल फर्किएको उनले जानकारी दिए।
उनले नेपाल सरकारले तोकेको प्राथमिकताअनुरूप गर्भवती महिला, बिरामी, नेपालमा आफन्त गुमेका, यूएर्इमा रोजगारी गुमेका आदि नेपालीहरू नेपाल फर्किन लागेको उल्लेख गरे।
असार ८, ९, १०, ११ गते पनि विभिन्न एयरलाइन्सका चार्टर्ड उडानहरूमार्फत नेपालीहरूको घर फर्किने बताए।

प्रतिक्रिया