समाज


कोरोना फैलिनुमा चीनलाई जिम्मेवार ठहर्‍याउँदै ट्रम्पले यस भाइरसलाई ‘कङ फ्लु’ भने

कोरोना फैलिनुमा चीनलाई जिम्मेवार ठहर्‍याउँदै ट्रम्पले यस भाइरसलाई ‘कङ फ्लु’ भने

नेपालखबर
असार ७, २०७७ आइतबार ९:४९,

चुनाव प्रचार गर्नकै लागि ट्रम्प शनिबार अमेरिकी राज्य ओक्लाहोमा पुगेका थिए। त्यहाँ उनले कोरोना भाइरसबाट बच्नका लागि मास्क लगाएका थिएनन्। साथै उनका समर्थकले पनि मास्क लगाएका थिएनन्।

त्यसबीचमा ट्रम्पले फेरि एकपटक चीनलाई कोरोना भाइरस ‘कोभिड १९’ फैलिनुमा दोषी करार गरे। ट्रम्पले कोरोना फैलिनुमा चीन जिम्मेवार रहेको बताउँदै कोरोना भाइरसलाई ‘कङ फ्लु’ भने।

कङ फु खासमा चीनको एक लोकप्रिय मार्सल आर्ट खेल हो। चिनियाँहरु कङ फुलाई आत्मरक्षाको अस्त्र मान्छन्।

ट्रम्पले चीनको यही खेलसँग मिल्दोजुल्दो शब्द प्रयोग गर्दै कोरोना भाइरसलाई ‘कङ फ्लु’ भनेका हुन्। यसअघि ट्रम्पले कोरोना भाइरसलाई ‘चाइनिज भाइरस’ भन्थे।

ट्रम्पले कोरोना भाइरसलाई चाइनिज भाइरस भनेर जातिवादी विचारधारालाई प्रश्रय दिएको आरोप लागेको थियो।

 #Trump on Saturday used a racist term "kung flu" to describe #COVID19, at a campaign rally in Tulsa, Oklahoma, prompting criticism from many civil rights groups and Asian-Americans. #TulsaTrumpRally pic.twitter.com/Ejkokg8PqP

यस रोगलाई सामान्य रोगको संज्ञा दिने ट्रम्पको देश अमेरिका जब कोरोनाले सबैभन्दा बढी कोरोना संक्रमित बन्यो त्यसयता भने ट्रम्पले चीनले कोरोनाको खतराबारे पहिल्यै जानकारी नदिएका कारण अमेरिकामा कोरोना बढी देखिएको आरोप लगाउन थालेका छन्।

तर चीनले आफूले कोरोनाबारे चाँडै जानकारी दिएपनि अमेरिकाले चेतावनी नजरअन्दाज गरेको चीनको भनाइ छ।

कोरोना भाइरसका कारण अमेरिकामा हालसम्म २० लाखभन्दा बढी संक्रमित बनिसकेका छन्। साथै त्यहाँ १ लाख १९ हजारभन्दा बढीको मृत्यु भइसकेको छ।

अमेरिका हाल कोरोनाले सबैभन्दा बढी प्रभावित देश हो। शनिबारको चुनावी प्रचार र्यालीमा ट्रम्पले अमेरिकी अधिकारीहरुलाई कोरोना परीक्षणमा ढिलाई गर्न आग्रह गरेका थिए।

ट्रम्पले जति परीक्षण गर्यो त्यति बढी कोरोना संक्रमित बढ्ने भएकाले ढिलो गरी परीक्षण गर्न भनेका थिए। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad