सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले बैंकर योगेन्द्र श्रेष्ठविरुद्ध विशेष अदालतमा लगेको मुद्दा दर्ता हुनसकेन।
नेपाल सेयर मार्केट्स एण्ड फाइनान्स कम्पनीका तत्कालीन कार्यकारी अध्यक्ष रहेको समयमा १ अर्ब ७१ करोड रुपैयाँ गैकानुनी पैसा कमाएको भन्दै विभागले मुद्दा दर्ता गर्न खोजेको हो।
विभागले मुद्दा दर्ता गर्नको लागि लगेको फाइल विशेष अदालतले अपूरो भन्दै फिर्ता गराएको हो। अदालतका सूचना अधिकारी इन्द्रकुमार खड्काले नेपालखबरसँग कुरा गर्दै कार्यालय समयम सकिनै लाग्दा विभागको टोली आएको बताए। तर यो फाइलमा मुद्दा दायरको लागि आवश्यक पर्ने कागजात नै अपूरो रहेकोले दायर हुन नसकेको उनले बताए।
उनीहरुलाई उक्त कागजातसहित अर्को दिन आउन भनिएको उनले बताए।
विभागले भने भोलि नै उक्त मुद्दा दायर गर्ने जनाएको छ। विभागका एक अधिकारीका अनुसार अभियोगपत्रमा केही प्राविधिक विषय मिलाउनुपर्ने देखिएको छ। त्यो विषय मिलान गरेर भोलि नै मुद्दा दर्ता गरिने विभागको भनाइ छ।
श्रेष्ठले गरको कसुर के हो?
उक्त फाइनान्स कम्पनीमा श्रेष्ठ अध्यक्ष रहँदा बैंकहरुबाट लिएको पैसा पुनः अरुलाई ऋण दिने गरेका थिए। त्यो ऋण उनले मिनाहा गर्ने गरेका थिए। त्यसबाट आफू मोटो रकम कमिसन खाने गरेको आरोप छ।
केही त अन्य व्यक्तिको नाममा आफैँले समेत ऋण लिएको र आफूले आफैँलाई ऋण मिनाहा गर्ने समेत गरेको विभागले अनुसन्धानको क्रममा फेला पारेको जनाएको छ।

प्रतिक्रिया