कारोबार


पञ्चकन्याले डेकिङ सिट बजार भित्र्यायाे

पञ्चकन्याले डेकिङ सिट बजार भित्र्यायाे

नेपालखबर
असार २९, २०७६ आइतबार ६:१,

निर्माण सामग्री उत्पादन गर्दै आइरहेको नेपालको प्रतिष्ठित औद्योगिक घराना पञ्चकन्या समूहद्वारा निर्माणकार्यमा प्रयोग हुने ‘ग्याल्भनाइज्ड डेकिङ’ सिट नेपाली बजारमा बिक्री वितरण गर्दै आएको छ। विश्वमै निर्माण क्षेत्रमा व्यापक रुपमा प्रचलनमा आइरहेको यस सिट मजबुत भरपर्दाे र निर्माण गर्न छिटोछरितो समेत रहेको छ।

यसलाई निर्माणकार्यमा स्थायी रुपमा प्रयोगमा ल्याउन सकिने र मूल्यमा समेत किफायती रहेको छ । तौलमा हलुका विशेषता रहेका यी सिटहरु मजबुत, खिया नलाग्ने र वाटरप्रुफ समेत रहेको यसको प्रमुख विशेषता मानिने कम्पनीको भनाइ छ। कंक्रिट राम्रोसँग टासिएर बस्ने र ढलानको स्ल्याबको मोटाइलाई कम गर्न समेत मद्दत गर्दछ।

यसले गर्दा भवनलाई भार कम पर्दछ साथै, यसको प्रयोगले मर्मत सम्भार गरिरहनुपर्ने झन्झट रहदैन, आवश्यकता अनुसार साइजमा उपलब्ध हुने यी निर्माण सामग्री नेपालभर नै उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad