नबिल बैंकले आफ्नो ३५औं वार्षिकोत्सवको अवसर पारेर २५ वर्षभन्दा बढी समय निरन्तर सेवा पुर्याएका कर्मचारीहरुलाई सम्मान गरेको छ। नबिल बैंंकका अध्यक्ष शम्भु प्रसाद पौड्यालले हालै आयोजित एक भव्य समारोहमा उक्त कर्मचारीहरुलाई कदरस्वरुप स्मारिका प्रदान गरेको बैंकले जनाएको छ।
उक्त समारोहमा बैंकको पूर्वअध्यक्ष, सञ्चालक समितीका निर्देशकहरु, पूर्वसञ्चालक समितिका निर्देशकहरु, प्रमुख कार्यकारी अधिकृत तथा पूर्व प्रमुख कार्यकारी अधिकृतहरुको समेत भव्य उपस्थिति रहेको थियो।

प्रतिक्रिया