कारोबार


एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयाेग

एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्टद्वारा वृद्धाश्रमलाई खाद्यान्न सहयाेग

नेपालखबर
असार २९, २०७६ आइतबार ५:४८,

 विज्ञापन एजेन्सी तथा इभेन्ट म्यानेजमेन्ट कम्पनी एभरेष्ट एड एण्ड इभेन्ट म्यानेजमेन्ट प्रालिले विभिन्न कार्यक्रमहरू गरी भव्यताका साथ तेस्रो वार्षिकोत्सव मनाएको छ। वार्षिकोत्सवकै अवसर पारेर एभरेष्ट एडले मातातीर्थमा अवस्थित मातातीर्थ वृद्धाश्रम समितिलाई खाद्यान्न तथा अत्यावश्यकीय सामाग्री वितरण गरेको छ।

वृद्धाश्रमलाई उपलब्ध गराइएका सामग्रीहरूमा चामल ३०० किलो, दाल ३० किलो, आलु ५० किलो, चिनी ५० किलो, तेल १० लिटर, नुन ५ किलो, मसला ५ किलो, खसी र कुखुराको मासु, लुगा धुने साबुन, नुहाउने साबुन, हातधुने साबुन, सर्फ, हार्पिक, फिने, ट्रवाईलेट ब्रस र कुर्सीहरू रहेका छन्। सो वृद्धाश्रममा २४ वृद्ध आमाहरु र ५ जना सहयोगीहरु बस्ने गर्दछन्।

एभरेष्ट एडले स्थापनाकालदेखि नै आफ्नो सामाजिक उत्तरदायित्तवअन्तर्गत विभिन्न सामाजिक कार्यहरू गर्दै आएकोमा खाद्यान तथा अत्यावश्यकीय सामाग्री वितरण कार्य यसको निरन्तरता भएको सो विज्ञापन एजेन्सीका प्रबन्धनिर्देशक जे.बी विष्टले बताए।

उनले भने, 'हामी व्यावसायिक कार्यकुशलताका साथ गर्ने मात्र नभई हामी बस्ने समाजलाई अझ सुन्दर बनाउन सबैखाले सहयोग गर्नप्रति सदैव प्रतिबद्ध छौँ र त्यसकै हिस्सास्वरूप हामी सामाजिक सेवाका कार्यहरूमा पनि सक्रिय सहभागी हुनुका साथै आर्थिक रूपमा सहयोगहरू पनि प्रदान गर्दै आएका छौँ। यस्ता कार्यहरूमा सधैँ हाम्रो प्राथमिकतामा रहनेछन्।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad