कोरोना महामारीको दोस्रो लहर बढ्ने आशंकाले विश्व सेयर बजारमा कारोबार ह्वात्तै घटेको छ।
अमेरिकी अर्थतन्त्र सुध्रिन लामो समय लाग्ने चेतावनी त्यहाँका केन्द्रीय बैंकले दिएपछि विश्व सेयर बजारमा भारी गिरावट देखिएको हो।
अमेरिकाका मुख्य तीन सेयर सूचकले केही हप्तायताकै खराब स्थिति भएको संकेत गरेका छन्। डाव जोन्सको औद्योगिक सूचकमा करिब ७ प्रतिशतले गिरावट देखाइएकाे छ।
विश्व र कच्चा तेलको मूल्यमा पनि असर परेकोले ऊर्जा र यातायात सेयरमा सबैभन्दा ठूलो गिरावट देखिएको बीबीसीले जनाएको छ।

प्रतिक्रिया