नेपाल वायुसेवा संघले सरकारले प्रस्तुत गरेकाे बजेट वायुसेवा कम्पनीलाई सहयाेग पुग्ने खालकाे भएकाे बतएकाे छ।
संघले विज्ञप्ति जारी गर्दै विभिन्न छुट सहित ५ प्रतिशतमा ऋण उपलब्ध गराउने कुरा राम्राे भएकाे, पार्किङ शुल्क, नविकरण दस्तुर, उडान याेग्यता दस्तुर, हवाई इन्धनमा पूर्वाधार कर छुट दिएकाे प्रति सरकारलाई धन्यावाद दिएकाे छ।
लकडाउनका कारण दैनिक ६ कराेड घाटा ब्यहाेरिरहेका निजी वायुसेवा कप्पनीलाई आय विवरणा अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिने घाेषाणाबाट लाभ मिल्ने संघले उल्लेख गरेकाे छ।
त्यस्तै बैंकहरूकाे कर्जा पुन संरचनाबाट ५ प्रतिशतमा ऋण उपलब्ध गराउन १ खर्ब बराबरकाे काेष तथा कर्मचारीलाई पारिश्रमिक उपलब्ध गराउन ५ प्रतिशत ब्याजमा उपलब्ध गराउन ५० अर्बकाे काेषलाई कार्यान्वयन गर्न माैद्रिक नीतिमा स्पष्ट व्यवस्था गर्न आग्रह गरेकाे छ। पूर्वधार कर छुट हुँदा पनि हवाइ इन्धन मूल्य ६५ रूपैयाँमा रहेकाे भन्दै संघले १० प्रतिशत नाफा राखी मूल्य निर्धारण गर्न भनेकाे छ।
नेपाल आयल निगमले ३३ रूपैयाँ नाफा लिइरहेकाे बताएकाे छ।
Shares

प्रतिक्रिया