कारोबार


डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउँछौँः हुवावे प्रमुख

डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउँछौँः हुवावे प्रमुख

नेपालखबर
असार २७, २०७६ शुक्रबार ७:१०,

स्मार्टफोन तथा दूरसञ्चार सामग्री निर्माता चिनियाँ कम्पनी हुवावेका प्रमुख लियांग हुआले डिजिटल सेवालाई सहज र समान पहुँचयोग्य बनाउने प्रतिबद्धता जनाएको छ। सन् २०१८ को सस्टेनेबिलिटी रिपोर्ट सार्वजनिक गर्दै चीनको शेनजेंगमा आयोजित कार्यक्रममा हुआले यस्तो बताएका हुन्। हुवावेले निरन्तररुपमा प्रकाशन गर्दै आएको यो ११औँ रिपोर्ट हो।

कम्पनीले ग्राहकलाई विशेष महत्व दिएको बताउँदै उनले विश्वले अहिले एकआपसमा सहकार्य र अन्तर्सम्बन्धित हुन चाहिरहेको बताए। उनले सामाजिक र आर्थिक विकासमा आफ्नो तर्फबाट गर्नुपर्ने योगदान दिन कम्पनी तयार रहेको पनि उनले बताए। कम्पनीको सस्टेनेबल डेभलपमेन्ट इनिसिएटिभमा वातावरण सुरक्षा महत्वपूर्ण सहयोगी रहेको उनको भनाइ छ।

भविष्यमा सञ्चार सञ्जालको लागि पर्याप्त ऊर्जा आवश्यक रहेको बताउँदै उनले कम इनर्जी (ऊर्जा)बाट धेरै डाटा पठाउन सकिने पावर प्रणालीमा कम ऊर्जा खपत गर्ने गरी प्रविधिको विकास गर्नुपर्ने उनले बताए। हुवावेको फाइभजीलाई हरित प्रविधि बनाउने पनि उनले बताए।

रिपोर्टमा सस्टेनेबिलिटीका चार रणनीति उल्लेख गरिएको छ। डिजिटल समावेश, सुरक्षा र विश्वसनीयता, वातावरणीय संरक्षण र स्वस्थ र मैत्री वातावरण रणनीतिलाई जोड दिइएको छ। कम्पनीले संयुक्त राष्ट्रसंघीय दिगो विकास लक्ष्य प्राप्तिका लागि सघाइरहेको उल्लेख गर्दै धेरैभन्दा धेरै वातावरणमैत्री काममा अन्य औद्योगिक साझेदारसँग मिलेर काम गरिएको र आफ्नै रणनीति पनि अघि सारिएको उल्लेख गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad