जिल्ला वन कार्यालय सुर्खेतका प्रमुख वन अधिकृत (डीएफओ) भक्तबहादुर लामा ४ लाख रूपैयाँ घुससहित पक्राउ परेका छन्।
डीएफओ लामालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले घुस रकमसहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।
काठको छुटपूर्जी म्याद थपका लागि उनले सेवाग्राहीसँग घुस रकम मागेका थिए।
प्रवक्ता तथा सहसचिव प्रदिपकुमार कोइराला लामा पक्राउ भएको पुष्टि गरेका छन्। उनलाई कार्यकक्षबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।
3
Shares

प्रतिक्रिया