सेयरबजारमा ४ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ।
नेप्से २.५७ अंकले बढेर २७३६.१७ विन्दुमा चढेको दिन ९२ लाख ८३ हजार बढी कित्ता किनबेच भएको हो।
योसँगै बुधबार १२७ वटा सेयरको मूल्य बढ्दा १३४ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ।
कालिञ्चोक हाइड्रोपावर, सोपान फर्मास्युटिकल्स र एपोलो हाइड्रोपावरको १४.९८ प्रतिशतले मूल्य बढेको छ। सप्तकोशी डेभलपमेन्ट बैंकको पनि १०.३३ प्रतिशतले मूल्य बढेको छ।
यस दिन सेयरहरुमा ८.७१ प्रतिशतसम्म गिरावट देखिएको छ भने २८ करोडसम्मको सर्वाधिक कारोबार भएको छ।
6
Shares

प्रतिक्रिया