विवादित व्यवसायीद्वयको मुद्दा पक्राउ परेको लामो समय हुँदा पनि अदालतमा जान सकेको छैन।
विशेष अदालतले सोमबार उनीहरुविरुद्ध आठौँ पटक म्याद थप गरेको हो।
अदालतबाट दुवैलाई ३÷३ दिन म्याद थप भएको छ। उनीहरुविरुद्ध तीनवटा कसुरमा अनुसन्धान टुंगिएर प्रतिवेदन सरकारी वकिल कार्यालयमा पुगिसकेको छ। अनुसन्धान सकिएको २ साता बढी हुँदा पनि अदालतमा मद्दा दायर भने हुन सकेको छैन।
सम्पत्ति शुद्धीकरण विभागले उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाएको छ भने प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले बीमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ।
यस्तै सीआईबीले उनीहरुमाथि बैंकिङ कसुरमा समेत अनुसन्धान गरिरहेको छ।
यो पनि–
दीपक भट्ट र सुलभ अग्रवालसहित ७५ बढीलाई मुद्दा चलाउन सीआईबीको राय, साढे ५ अर्ब बढी बिगो
Shares

प्रतिक्रिया